विश्व समाचार

अफगानिस्थानमा भूकम्पमा परी ‘दुई हजारभन्दा बढी’ को मृत्यु

अफगानिस्थानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ ।

भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । अफगानिस्थानको पश्चिमी भूभागमा शनिबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको सयुक्त राज्य भूगर्भ सर्भेक्षण केन्द्रले जनाएको छ ।

सर्वेक्षणका अनुसार हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा केन्द्र बनाएर गएको भूकम्पपछि ५.५,४.७ र ६.२ म्याग्निच्युडका तीनवटा ठूला पराकम्पन गएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.