जन सरोकार

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

देशका विभिन्न स्थानबाट हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१ छप्कैया बस्ने भारत विहार सितामढी नरहा ग्राम घर भएकी ४० वर्षीया पुनम देबीको हत्या गरेको अभियोगमा सोही महानगरपालिका-१ छप्कैया बस्ने २५ वर्षीय इमरान मियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै कोठामा सुतेको अवस्थामा टाउकोमा चोट लागी गम्भीर अवस्थामा शुक्रबार बिहान फेला परेकी पुनमको नारायणी अस्पताल हुँदै नेशनल मेडिकल शिक्षण अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले थप अनुसन्धान गर्ने क्रममा पुनमको हत्यामा मियाको संलग्नता रहेको खुल्न आएपछि प्रहरीले पक्राउ गरेको हो ।

उक्त दिन लागूऔषध प्रयोग गर्नको लागि चोरी गर्ने उद्देश्यले पुनमको घरभित्र प्रवेश गर्दा पुनम चिच्याएपछि फलामको छड प्रहार गरी भागेको अनुसन्धानबाट खुल्न आएको छ । उनी उपर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

त्यस्तै कञ्चनपुर, पुनर्वास नगरपालिका-११ भिमबस्ती बस्ने ४६ वर्षीय जसविर धामीको कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीचको विवादमा ती किशोरले कोदालो प्रहार गर्दा जसविरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले घटनामा संलग्न किशोरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.