राजनीति

सरकारले ५७ वटा थप हिमाल आरोहणका लागि खुला गर्ने

सरकारले हिमाल आरोहणका लागि थप ५७ वटा हिमाल खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो ।

यसै गरी मन्त्रिपरिषद्ले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारको लागि रायसहितको प्रतिवेदन पेस गर्न पूर्वसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै बैठकले चालु आर्थिक वर्ष २०८१/८२ का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत विभिन्न आयोजना र निकायका लागि कुल २६६ राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

मन्त्री गुरुङले २०८१ कार्तिक १ देखि ३ गतेसम्म रसियामा आयोजना हुने २२ औं इन्टरनेशनल स्पोर्टस फोरममा सहभागी हुन माननीय युवा तथा खेलकुद मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.