एन आर एन न्युजजापान

स्थगित प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० आउँदो नोभेम्बरमा हुने

कोरोना संक्रमणको महामारीका कारण स्थगित प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० आउँदो नोभेम्वर २९ तारिख आईतवार हुने भएको छ । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रिय कमिटीले जापान भरिको खेलप्रेमीहरुलाई समेटेर गत मार्च २९ तारिख गर्ने भनिएको उक्त खेल कोरोनाको महामारीले स्थगन भएको थियो ।

प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा प्रथम हुनेलाई कप, रनिङ कपको साथै नगद ५ लाख येन पुरस्कार दिने घोषणा गरेको कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो । साथै दोस्रो हुनेलाई २ लाख र कप, सेमिफाईनालिस्टलाई कप, फेयर प्ले टिम कप, वेस्ट प्लेअर कप, हाई स्कोर कप, वेस्ट स्टिाइकर कप, प्ले अफ द लिगलाई पनि कप दिने जनाएको छ ।

जापानको टोकियो नजिकको शहर साइतामामा हुने उक्त खेललाई नेपाल फुटवल संघ जापान र गैरआवसीय नेपाली संघ जापानले सपोर्ट र मातृ सन्देश डट कटले मिडिया सपोर्ट गरेको छ ।

उक्त प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० मा सहभागि हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । साथै टिम दर्ताको अन्तिम मिती २०२०/११/१५ तारिक रहेको हुँदा सम्पूर्ण सहभागि टिमलाई समयमै आफ्नो टिम दर्ता गरी आफ्नो ठाउँ सुरक्षित गर्नको लागि एनआरउनए कान्तोका अध्यक्ष राकेश रुम्बाले अपिल गर्नुभएको छ ।

अध्यक्षा रुम्बाले टिम दर्ताको रकम फुरिगोमी गरेपछि कोषाध्यक्ष सागर कार्कीलाई सम्पर्क गरी जानकारी गराउन हुन पनि हार्दिक अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.