राजनीति

रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १ बाट

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं. १ बाट उम्मेदवार बन्नु हुने भएको छ । शनिबार राति कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल

कांग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता पौडेल, क्षेत्र नं २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । क्षेत्र नं २ का कारण उम्मेदवार चयनमा ढिलाइ भएको कांग्रेस तनहुँले जनाएको छ ।

कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहोर्याएको छ । कांग्रेसले प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । विसं २०७४ को निर्वाचनमा पौडेल र भण्डारी पराजित हुनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.