जन सरोकार

सिक्किमको बाढीमा बेपत्ता नेपालीको खोजी गर्न अपिल

भारतको सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजिका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले भारतीय सुरक्षाकर्मीलाई खोजीका लागि अपिल गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय सुरक्षा अधिकारीलाई बेपत्ताबारे जानकारीसहित उनीहरुको खोजीका लागि अपिल गरिएको जानकारी दिनुभयो । असोज १७ गते टिस्टा नदीमा बाढी आएपछि सो क्षेत्रमा काम गर्न गएका इलामका पाँच जना सम्पर्कविहीन छन् ।

इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेतल हालसम्म सम्पर्कविहीन छन् ।

बाढी गएको स्थानमा टेलिफोन र विद्युत् अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको भारतीय निकायले जानकारी गराएको प्रजिअ पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.