क्रिकेटखेल

एसीसी यू-१९ प्रिमियर कप : नेपालले दियो इरानलाई ३५४ रनको लक्ष्य

मलेसियामा आज (बिहिबार)देखि सुरु भएका एसीसी यू १९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानलाई विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५३ रन बनाउँदै इरानलाई विशाल लक्ष्य दिएको हो ।

नेपालका लागि विशाल स्कोर बनाउने क्रममा नेपालका लागि कप्तान देव खनालले शतक तथा दिपक बोहरा र दिपकप्रसाद डुम्रेल अर्धशतक प्रहार गरे ।

निर्धारित ५० ओभरको खेलमा सुरुवामा डगमगाएको नेपाल १० रन हुँदा ओपनर अर्जुन कुमाल र वान डाउनमा आएका आकाश त्रिपाठीलाई गुमाएको थियो ।

सुरुमै झड्का लागे पनि नेपालको इनिङ्स देव र ओपनर दिपक बोहराले सम्हाले । यो जोडीले तेस्रो विकेटका लागि १६६ रनको साझेदारी गरेका थिए ।

देव र दिपक क्रिजमा हुँदा नेपालले ठूलो स्कोर बनाउने संकेत देखाए पनि नियमित अन्तरमा विकेट गएपछि नेपालले पूरै ५० ओभर भने खेल्न सकेन ।

नेपालले पूरै ओभर खेल्न पाएको भए ४ सय रन कटाउने देखिए पनि ४०.१ ओभरमा सबै विकेट गुमाउन पुग्यो । पूरा ओभर खेल्न नसके पनि कप्तान देवले ६० बल खेल्दै १२ चौका र ४ छक्का मदतमा १०० रन बनाए ।

उनी शतक बनाएलगत्तै २१औं ओभरको पहिलो बलमा आउट भए । देव यू १९ टिमबाट दुई शतक हान्ने पहिलो नेपाली ब्याटर समेत बने । अर्को ओभरमा अर्धशतक बनाएका दिपक बोहरा पनि आउट भए । उनले ५९ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ६५ रन बनाए ।

दुई सेट ब्याटर लगातार आउट भएपछि नेपालले १८५ रनमा चार विकेट गुमाएको थियो । तर त्यसपछि नेपालको इनिङ् सम्हाल्ने काम विकेटकिपर दिपकप्रसाद डुम्रे र दिपेश कँडेलले गरे ।

यो जोडीले पाँचौ विकेटका लागि ९ ओभरमै ९१ रनको साझेदारी गरेका थिए । तर ३१औं ओभरको पाँचौ बलमा दिपक आउट भएपछि नेपालले विकेट गुमाउन थाल्यो । दिपक डुम्रेले ४४ बल खेल्दै ८ चौका र २ छक्का मद्दतमा ६९ रन बनाए ।

दिपेशले २२ बल खेल्दै २९ रन जोडेर आउट भए । जतिबेला नेपालको स्कोर ६ विकेटको क्षतिमा २९१ रन थियो । त्यसपछि अर्का दिपक बोहरा १ र मिलन बोहरा शून्यमा आउट हुँदा नेपालले २९१ मै ८ विकेट गुमायो । तर त्यसपछि सुवास भण्डारी, हेमन्त धामी र आकाश चन्दले आक्रमक ब्याटिङ गर्दै नेपालको स्कोर उकासेका थिए ।

हेमन्तले १९ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा २३ रन बनाए । आकाशले ११ बलमा १९ रन बनाउँदा तीन चौका प्रहार गरे । सुवासले १६ बल खेल्दै २ चौका प्रहार गरी १८ रनमा अविजित रहे ।

इरानका लागि दद्राहमन रएसी र सल्मान निएजमान्दले तीनरतीन तथा जेइद राएसी र समान शेखीले समान दुई विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.