जन सरोकार

गोकर्णेश्वरको जगडोलमा लुटेरा समूहमाथि प्रहरीको गोली

काठमाडौंको गोकर्णेश्वर नगरपालिका जगडोलमा लुटेरा समूहमाथि प्रहरीले गोली चलाउँदा एकजना घाइते भएका छन् भने दुईजनालाई पक्राउ गरिएको छ ।

समाचार अनुसार राष्ट्रिय शहीद पार्क रहेको जगडोलमा लुटेरा समूह आएको खबर पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी पुग्दा लुटेरा समूहले हतियार निकालेपछि प्रहरीले गोली चलाएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जानकारी दिंदै गोली लागेर सिन्धुलीका सन्तोष घनाल घाइते भएको र तीनजना नियन्त्रणमा लिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लुटेरा समूह आएको जानकारी पाएपछि हामी पुगेका थियौं, चेकजाँचका क्रममा उनीहरुले हतियार निकाले । आत्मरक्षाका लागि हामीले पहिले गोली चलायौं ।”

घाइते युवकको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । उक्त घटनामा शान्त लामा र जितेन लामालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

उनीहरुको साथबाट सात राउण्ड गोली, एउटा पेस्तोलसहित दुईवटा मोटरसाइकल बरामद गरिएको प्रवक्ता रेग्मीले बताउनुभयो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.