जन सरोकार

इजरायलबाट दुईसय ५० नेपाली फर्कदै, राति ९ बजे विमानस्थलमा उत्रने

प्यालेस्टिनी लडाकु समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीमध्ये २ सय ५० जना स्वदेश फर्किने भएका छन् ।

उनीहरुलाई लिन गएको नेपाल वायुसेवा निगमको जहाजबाट उनीहरु स्वदेश फर्केका हुन् । सो जहाज (आज) बिहिबार राति ९ बजे काठमाडौं उत्रने छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमताको विमान इजरायल गएको हो ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।

हमालको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए । एक जनाको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरुको विवरण सङ्कलन गरिरहेको छ ।

यसबीच इजरायल सरकारले हमाससँग युद्धको घोषणा गरेको अवस्थामा ज्यान गुमाएकाको शव हस्तान्तरणमा कानुनी प्रक्रिया पूरा नभएकाले तत्काल शव ल्याउन कठिन भएको छ ।

इजरायल सरकारले शल्यपरीक्षण लगायत सबै कानुनी प्रक्रिया पूरा भएपछि यथाशक्य चाँडो शव ल्याइने प्रवक्ता लम्सालले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.