खेलविविध

राजर्षि गुरुकुलमा पौडी प्रतियोगिता : ‘वाटर हाउस’ विजेता

काठमाडौँको राजर्षि गुरुकुलले विद्यालय तहदेखि नै खेलकूदको विकास गर्ने उद्देश्यका साथ इन्टर हाउस पौडी प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयको आफ्नै प्राङ्गणमा रहेको पौडी पोखरीमा आयोजित प्रतियोगितामा आरजी मा वाटर हाउस विजेता बनेको छ । वाटर हाउसले ११६ अङ्क ल्याएर प्रथम भयो ।

त्यसै गरी सन हाउस १०६ अङ्कसहित दोस्रो र रकले १०० अङ्कसहित तेस्रो हुँदा ट्रीले २७ अङ्क सहित चौथो भएको खेलकुद प्रमुख कमल खड्काले जानकारी दिनुभयो ।

प्रतियोगितामा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाएको विद्यालयका निर्देशक दिनेश भुसालले बताए ।

उनीहरूले फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र किकिङ बोर्ड र ट्युबमा प्रतिस्पर्धा गरेका थिए । विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा हुँदा वाटर हाउसका खेलाडी पाँच विधामा विजेता बनेका थिए भने पाँच विधामा उपविजेता बनेका थिए ।

विद्यालय तहदेखि नै अध्ययनसँगै खेलकुदको विकास गर्न र विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा समेत प्रोत्साहन गर्नका लागि यस किसिमको प्रतियोगिता आयोजना गरेको विद्यालयका प्रधानाध्यापक लियोन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.