मुख्यमन्त्री शाहीबिरुद्धको अविश्वस प्रस्तावमा पूर्व एमालेका नेपाल समूह अलग
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गुटबन्दी समाप्त भयो भनिएकै बेला कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सो प्रदेशको नेकपाका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध प्रदेश सदस्य यामलाल कँडेलको नेतृतवमा संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ ।
समाचार अनुसार सोमबार विहान नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्तापछि मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् ।
समाचार स्रोतका अनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको हो । यससँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् ।
संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्