जल/वातावरण

कोरोना उपचारमा आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको शतप्रतिशत सफलता

आधुनिक र सुविधासम्पन्न अस्पतालहरुले भर्ना भएका कोरोना संक्रमितहरुको मृत्यु रोक्न नसके पनि कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना संक्रमितको उपचारमा शतप्रतिशत सफलता पाएको छ । केन्द्रमा आइसोलेसनमा राखिएका करिब ७०० कोरोना सङ्क्रमित ठीक भएर घर फर्किएका छन् ।

केन्द्रका कार्यकारी निर्देशक राम आधार यादवले दिएको जानकारी अनुसार केन्द्रमा ल्याइएको कोरोना सङ्क्रमितमध्ये हालसम्म कसैको पनि निधन भएको छैन । केन्द्रमा राखिएका सङ्क्रमितलाई बिहान योग, प्राणायामलगायत व्यायाम गराइन्छ र रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधि खुवाइन्छ ।

एकैपटक २०० जना सङ्क्रमित राख्न सक्ने क्षमता रहेको केन्द्रमा आवश्यक परेको अवस्थामा अक्सिजनको व्यवस्था पनि गरिएको छ ।

आयुर्वेद चिकित्सकका रुपमा करिब ४० वर्ष सेवा गर्नुभएका डा शेषराज आचार्य रुघाकै प्रकृतिको रोग भएकाले सम्पर्कबाट सर्ने भएकाले यस्ता रोगमा आयुर्वेद प्रभावकारी हुने बताउनुहुन्छ । रोग प्रतिरोधी क्षमता भएकामा यसले धेरै असर गर्दैन । सङ्क्रमण भएमा सितोपलादि चूर्ण १०० ग्राम, गोदन्दी भष्म १० ग्राम, अभ्रक भष्म १० ग्राम, गुर्जोको धुलो ५० ग्राम मिसाएर बिहान, दिउँसो र बेलुका मन तातो पानीसँग खाएमा ठीक हुने उहाँले बताउनुभयो ।

आयुर्वेद चिया ‘इम्युन टी’ सेवन गर्ने, सामान्य व्यायाम गर्ने, पानीको बाफ लिने गर्नाले निको हुने उहाँले बताउनुभयो । कोरोनाका क्रममा १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आएमा महामृत्युञ्जय वा त्रिसुन बटी नामको दुई गोली मन तातो पानीमा घोलेर खाएमा निको हुने हाल पनि चाबहिलमा शेष आयुर्वेद क्लिनिक चलाइरहनुभएका आयुर्वेद विभागका पूर्व महानिर्देशक आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.