जापान

महावीर पुनको अभियानमा रोविन शेरचनले नेतृत्व गर्ने

जापानका सफल व्यवसायी तथा एनआरएनए अभियन्ता रोविन प्रसाद शेरचनले पोखरा शहरलाई आईटी हब बनाउने डा. महावीर पुनको अभियानको नेतृत्व गर्ने बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघ स्थापनाको २० वर्ष पुगेको अवसर पारेर एनआरएनए अभियान्त शेरचनले राष्ट्रिय आविस्कार केन्द्रको कार्यालयमै पुगेर पोखरा शहरलाई आईटी हब सिलिकन भ्याली निर्माण गर्ने परिकल्पनालाई साकार पार्ने योजनामा प्रतिवद्धता जनाउनु भएको हो ।

करीब चार करोड रुपैयाँ बरावरको खर्च लाग्ने प्रारम्भिक अनुमानको खर्च सहित सो अभियानलाई शेरचनले नेतृत्व गर्दै डा. पुनको परिकल्पनाको प्रसंशा गर्दै आफूले लामो समयदेखिको नेपालमा दीर्घकालीन सहयोग गर्ने आफ्नो धोको पूरा हुनेमा खुसी व्यक्त गर्नुभयो।

युवा पुस्तामा कुनै न कुनै सीपमा दक्षता दिलाउने पाँच बुदे मुख्य प्रतिबद्धता सहित गैरआवासीय नेपाली संघको आगामी साता काठमाण्डौमा हुने ११ औ महाधिवेशनबाट उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुका शेरचनले डा. पुनसंगको सहकार्यले आफूलाई निक्कै हौसला मिलेको पनि बताउनुभयो ।

सो आवसरमा डा. पुनद्वारा प्रकाशन हुन लागेको जीवनी पुस्तकमा सहयोग अभियान समेत जुटाउने बताउनुभएका शेरचनले केन्द्र परिसरमा निर्माणाधीन आविष्कार वषयका योजनाको विस्तृत अवलोकन समेत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.