जापान

जापानका रोबिन शेरचनद्वारा एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ एनआरएनएको आसन्न ११ औ अधिवेशन पश्चात बन्ने नयाँ कार्यसमितिका लागि उपाध्यक्ष पदमा जापानका रोविनप्रसाद शेरचनले उम्मेदवारी दर्ता गराउनु भएको छ।

तीन दशक बढी जापानमा व्यवसायमा संलग्न शेरचनले बिहीबार समर्थक तथा प्रस्थापक सहित एनआरएनए कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्नु भएको हो ।

बिहीबार बिहान ११ बजेबाट सुरू भएको उम्मेदवारी दर्ताको पहिलो दिन उपाध्यक्ष तर्फ शेरचनले पहिलो उम्मेदवारी दिएको निर्वाचन समितिले पुष्टी गरेको छ। पहिलो दिन उपाध्यक्षमा शेरचन सहित सचिव लगायतमा सिमित आकाँक्षी उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी घोषणा पश्चात संचारकर्मीहरूलाई छोटो प्रतिकृया दिदै शेरचनले एनआरएनएको रूपान्तरण, अपनत्व, विकास र सुदृढ पद्दतिका लागि आफुले उम्मेदवारी दिएको बताउनु भयो। सबैको अपनत्व हुने संस्था निर्माणका लागि आफुले प्रतिवद्द भएर काम गर्ने बताउनु भयो ।

छोटो समयमा चर्चा कमाएका शेरचनलाई सबै अध्यक्षहरूले आफ्नो पक्षमा पार्न ‘लविङ्ग’ थालेकाले उनको उम्मेदवारीलाई महत्वका साथ हेरिएको सो अवसरमा सहभागि युरोपबाट प्रतिनिधित्व गर्ने एक प्रतिनिधिले प्रतिकृया दिए ।

उपाध्यक्षमा खुल्ला ६ जना, महिला र युवमा १ – १ गरी कुल ८ पद रहेपनि विश्वभरिका दर्जन बढी आकांक्षी देखाएका छन् ।

उम्मेदवारी दर्ता भोलि शनिबारसम्म एनआरएनए कार्यालयमा हुने छ भने अनलाईन दर्ताको हकमा आइतबार समर्थक प्रस्थापकले अनिवार्य उपस्थिति हुनु पर्ने निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.