संस्कृति

बालबालिकालाई दशैंको महत्व दर्शाउँदै नीलगिरि विद्यालय

दशैंको आगमनसंगै नेपालीहरुमा नयाँ उमंग र उत्साह जागृत हुने गरे पनि विगत केही वर्षयता दशैंको मौलिकता हराउँदै गएको विज्ञहरुको गुनासो रहेको छ ।

दशैंको महत्व र धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बिर्सेर तडकभडकमा बढी जोड दिन थालिएका बेला काठमाडौंको पकनाजोलमा अवस्थित नीलगिरि विद्यालयले विद्यार्थीहरुमाझ दशैंको मौलिकता दर्शाउने काम गरेको छ ।

विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा साना विद्यार्थीहरुलाई टीका, जमरा लगाइदिएर दशैंको सबभन्दा महत्वपूर्ण पक्ष चंगा उपहार दिइएको छ ।

दशैं मनाउने क्रममा विद्यालयमै विद्यार्थीहरुलाई जमरा राख्न लगाइएको थियो भने दशैंको विविध पक्षहरुबारे विद्यार्थीलाई जानकारी पनि दिइएको थियो ।

कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै विद्यालयका शैक्षिक संयोजक गीता श्रेष्ठ आयातित संस्कृतिले हाम्रो मौलिक संस्कृति नै मासिने अवस्था सिर्जना भैरहेका कारण आजको पुस्तालाई मौलिक चाडपर्वका बारेमा जानकारी दिनु आवश्यक रहेको बताउनु भयो ।

उहाँले हाम्रा मौलिक संस्कृति अमूल्य राष्ट्रिय सम्पदा भएकाले यसको जगेर्नाका लागि विद्यालयहरु अग्रसर हुनुपर्ने र सांस्कृतिक मूल्य, मान्यता र परम्परलाई प्रसार गर्नुपर्ने आवश्यकता बोध गरेर कार्यक्रम गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.