राजनीति

चाडपर्वमा तडकभडक नभइ शान्त र सामान्यसँग मनाउन महामन्त्री शर्माकाे आग्रह

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चाडपर्व तडकभडक रुपमा नभइ शान्त र सामान्यसँग मनाउन आग्रह गर्नुभएको छ ।

कांग्रेस महामन्त्री शर्मा

दसैँ, तिहार, नेपाल सम्वत, बलिहाङ तङनाम र छठ पर्वको शुभकामना दिँदै उहाँले हालै प्राकृतिक विपद्का कारणले धेरै जनधनको क्षति भएको उल्लेख गर्दै यस्तो समयमा शान्त, संयम र सामान्यसँग पर्व मनाउन अनुरोध गर्नुभएको हो ।

“एकातिर प्राकृतिक विपद्को पीडा र अर्कोतर्फ सांस्कृतिक पर्वहरुको आगमन, भर्खरै हामीले बाढी र पहिरोमा दुई सयभन्दा बढी आफन्त गुमाएका छौँ । यस्तो समयमा चाडपर्व मनाउँदै गर्दा तडकभडक र फजुल खर्च नगरौँ । शान्त, संयम र सामान्यसँग मनाऔँ”, उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.