राजनीति

संस्कृति संरक्षणमा पर्यटनमन्त्रीको जोड

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको पहिलो आधार नै संस्कृति भएकाले यसको माध्यमबाट पर्यटन विकास गरिनुपर्ने बताउनुभएको छ ।

मन्त्री किराती

‘एनआरएन द सिङ्गर’ को पहिलो संस्करणका विजेतालाई आइतबार पुरस्कार वितरण गर्दै मन्त्री किरातीले प्राकृतिक सम्पदा र संस्कृतिले भरिपूर्ण नेपाल विश्व पर्यटनको केन्द्र हो भन्नुभयो । नेपाल प्रकृति र संस्कृतिको धनी भएको बताउँदै उहाँले यसबाट नेपालले लाभ लिनका लागि गैरआवासीय नेपालीले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटनमन्त्री किरातीले अहिलेको अवस्थामा नेपालमा केही निराशाको सञ्चार भएको बताउँदै हाम्रा संस्कृति र सम्पदाबाट पर्यटनको विकास गर्दै सकारात्मक कुराको सञ्चार गर्न आवश्यक भएको बताउनुभयो । गीतसङ्गीत एकताको सूत्रमा बाध्ने माध्यम भएकाले सरकारले यसको संरक्षणका लागि काम गरिरहेको बताउनुभयो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.