बिचार

एनआरएनए मातृभूमिको सच्चा साझेदारको रुपमा उभिन सक्षम

विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संगठनका रुपमा नेपालीका लागि नेपाली’ भन्ने मूलमन्त्रका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान २० वर्ष पूरा गरेर नयाँ वर्षको अध्याय सुरु गरेको छ ।

विश्वभर रहेका नेपालीहरुलाई एकैसुत्रमा बाँध्ने उद्देश्यले स्थापना भएको यस संस्थाले परिवर्तित समय र सन्दर्भमा आफूलाई पनि परिष्कृत गर्दै लैजाने चुनौती स्वीकार्दै आफूलाई मातृभूमि नेपालको सच्चा साझेदारको रुपमा आफूलाई उभ्याउन सक्षम भएको गैरआवासीय नेपाली विश्व सम्मेलन एवं ११ औ“ अन्तर्राष्ट्रिय महाधिवेशनतथा तेस्रो विश्व ज्ञान सम्मेलनको पूर्व सन्ध्यामा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै विदेशमाआर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यका साथ स्थापना भएको गैरआवासीय नेपाली संघ हाम्रा अग्रजहरुको अथक प्रयास र समर्पणले स्वदेश तथा विदेशमा बस्ने नेपालीका आशा र भरोसाको केन्द्र बनेको बताइएको छ ।

स्थापनाको २० वर्षको अवधिमा ८६ देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकमा छरिएर रहेका नेपाली समुदायलाई एउटै मालामा पंक्तिबद्ध गर्न संघ सफलभएको छ ।

विदेशमा रहेकापहिलो पुस्तामात्रै नभई दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूमा समेत मातृभूमिप्रतिको अपनत्व महसुस हुनु, विदेशमा रहेका सबै नेपालीले नेपालको समृद्धिमा क्षमता अनुसारको भूमिकानिर्वाह गर्ने गहिरो चाहना प्रकट गर्नु लगायतले सन् २००३ मा समृद्ध नेपालका लागि गैरआवासीय नेपालीले देखेको समृद्ध नेपालको सपना बिस्तारै साकार हुने दिशामा अगाडि बढेको ठानेका छौं ।

गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाको २० औँ वर्षगाँठ मनाइरहँदा विदेशमा बस्ने नेपालीका लागि सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्तगर्ने कानूनी बाटो खोलेको छ ।

गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकालदेखि नै माग गर्दै आएको श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेट्नुपर्ने माग सरकारले सम्बोधन गरेको छ ।

संघकै पहलमा सरकारले वैदेशिक रोजगारीमा गएका र विदेशमा स्वरोजगारमा रहेकालाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न थालेको छ । विदेशमा बस्ने नेपालीको मताधिकारको अधिकार सुनिश्चित गरेको छ भने निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मताधिकारको अधिकार कार्यान्वयनको लागि ऐन निर्माण लगायतका सम्पूर्ण प्रक्रिया अघि बढाइसकेको छ ।

धितोपत्रमा विदेशबाटै कारोबार गर्ने प्रक्रिया सुरु भएको छ । छरिएर आउने पूँजी संगठित रुपमा भित्रन थालेको छ । लगानी भित्र्याउन देखा परेका कानूनी व्यवधान क्रमशः सम्बोधन हुने क्रम जारी छ । वैदेशिक लगानीका सम्भावनाहरु सीमित भएको र आन्तरिक स्रोत साधनको सिमितताबीच रहेको नेपालकालागि गैरआवासीय नेपाली समुदायको उपस्थिति आर्थिक खाडल पूर्तिकालागि नौलो अवसर बन्न सक्ने देखिएको छ ।

विदेशमा रहेका नेपालीलाई एउटै छातामा समेट्ने उद्देश्यले स्थापनाको दुई दशकको यस अवधिमा विदेशमा रहेका ठूला लगानीकर्ता मात्रै होइन साना तथा मझौला लगानीकर्ताहरु पनि देशमा लगानी भित्र्याउन उत्साहित छन् । सरकारले गैरआवासीय नेपालीलाई विदेशी मुद्रामै पूर्ण रुपले लगानीफिर्ता गर्न सहिने गरी मुद्दती र बचत निक्षेपमा खाता खोल्ने सुविधा समेत प्रदान गरेको छ ।

दुई दशक पूरा गर्दा विकास र पूर्वाधार निर्माणका क्षेत्रमा पनि गैरआवासीय नेपालीहरुको उपस्थिति बढ्दो छ । पछिल्लो दुई दशकको अवधिमा विदेशमा बस्ने नेपालीमार्फत करीब एक खर्ब लगानी भित्रिएको अनुमान छ । आर्थिक लगानी मात्रै होइन यस सँगै बौद्धिक लगानी भित्र्याउन पनि संस्थागत प्रयास जारी छ । नेपालमा पूँजी मात्रै नभई, ज्ञान सीप प्रविधि भित्र्याउन २ वटा ज्ञान सम्मेलन सम्पन्न भइसकेको छ । सरकार, सरोकारवाला र विदेशमा रहेका नेपालीलाई जोड्न पुनः तेस्रो ज्ञान सम्मेलन आयोजना हुँदैछ ।

पछिल्लो २० वर्षको अवधिमा गैरआवासीय नेपाली संघमार्फत उल्लेख्य परोपकारी कार्य भएका छन् । परोपकारका क्षेत्रमा मात्र एक अर्बको सहयोग गरिएको छ । एनआरएनए फाउण्डेशनमार्फत प्राकृतिक प्रकोप, विभिन्नविकास आयोजनाहरुको निर्माण, शिक्षा, स्वास्थ्य, चिकित्सा क्षेत्रमा सहयोग, मठमन्दिर, कलातथा संगीत क्षेत्रमा सहयोग, क्षमतावृद्धि, अन्तर्राष्ट्रियस्तरको खेलकु दविकास, गैरआवासीय नेपालीहरुको उत्थान, विपत् व्यवस्थापन जस्ता क्षेत्रहरुमा सहयोग गर्ने गरिएको छ । भूकम्पको आर्तनादमा होस् वा कोरोना महामारीका विषम् अवस्थामा पनि आफ्नो कर्तव्य निर्वाहमा यस संघले कुनै कसर बाँकी राखेको छैन । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ, आप्रवासन संगठन आइओएम सहितका विभिन्न अन्तर्राष्टिय संघसंस्थासँग सहकार्य गरी संघले विदेश र स्वदेशमा रहेका नेपालीलाई सहयोग गर्दै आएको छ ।

दोस्रो पुस्ताका गैरआवासीय नेपाली, युवा तथा महिलालालाई विशेष प्राथमिकतामा राखिएको छ । विदेशमा लामो समय बसेर त्यहाँको आर्थिक–सामाजिक परिवेश राम्रोसँग बुझेका गैरआवासीय नेपालीले त्यहाँको समाज र सरकारसँग नेपाललाई जोडेर नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन नेपाली यस संघले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । अर्थमा सम्पन्न व्यक्तिमात्रै होइन, संघ श्रमिकमैत्री बनेको छ ।

गौरवशाली २० वर्षकै मनाइरहँदा यसपटक नेपाल सरकार, नेपालउद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा “नेपालीका लागि नेपाली” भन्ने मूलनारा र “ज्ञान र रुपान्तरण समृद्धिको आधार” विषयमा केन्द्रित गैरआवासीय नेपालीविश्व सम्मेलनएवं ११ औँअन्तर्राष्ट्रिय महाधिवेशनतथा तेस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गरिएको छ ।

सम्मेलनको उद्घाटन १७ अक्टोबर २०२३ (तदनुसार ३० असोज २०८०) मा विहान ९ बजे सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट हुनेछ भने २० तारिख २०२३ ( तदनुसार ३ कार्तिक २०८०)मा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यूबाट सम्मेलनको समापन हुनेछ । त्यसबीचमा १७ र १८ तारिखमा विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षाकोष र नागरिता ऐन र मताधिकार सम्बन्धमा नेपाल सरकार र सरोकारवालासहितको विशेष सत्रको आयोजना गरिएको छ । यसैगरी १९ अक्टोबर २०२३ (तदनुसार २ कार्तिक २०८०) मा संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिनेछ । संघको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन गर्दै २० तारिख साँझ ५ बजे सम्मेलनको समापन हुनेछ ।

यस महाधिवेशनमार्फत यस वर्ष संघकोनयाँ नेतृत्व समेत चयनहुँदैछ । संघको इतिहासमै पहिलोपटक फेसियल भेरिफिकेशनमार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका ४ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदै छन् । संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको छ । नेपालमा आउनुभएका मतदाताको लागि सम्मेलन स्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको छ ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरु, एनआरएनका अभियन्ताहरु र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व लगायतकरिब एक हजारभन्दा बढीको नेपालबाट सहभागिता रहनेछ । यस्तै अनलाइनमार्फत पनि संसारभरबाट गैरआवासीय नेपाली सम्मेलनमा जोडिनेछन् ।

अन्त्यमा, गैरआवासीय नेपाली विश्व सम्मेलन एवं ११ औ“ अन्तर्राष्ट्रिय महाधिवेशनतथा तेस्रो विश्व ज्ञान सम्मेलनमा सम्पुर्ण गैरआवासिय नेपालीलाई उत्साहपूर्ण सहभागिताको लागि हार्दिक अपिलगर्दै सम्पुर्ण सञ्चारकर्मी साथीहरुलाई पनि सम्मेलन सफल बनाउन महत्वपूर्ण सहयोगको लागि विशेष अनुरोध गर्दछौँ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.