राजनीति

बिपी राजमार्ग पुनः निर्माणका विषयमा प्रधामन्त्री र जापानी राजदूतबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुुता युताकाले प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ ।

सो भेटमा बाढी पहिरोबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनः निर्माणमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि छलफल भएको बताइएको छ ।

त्यसै गरी भेटका अवसरमा दुुई देशबीचको परम्परागत सम्बन्ध, दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।

सो छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल लगायत सहभागिता थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.