राजनीति

‘मुलुकमा सुशासन कायम गर्न राष्ट्रवादी शक्ति एक हुनुपर्छ’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भ्रष्टाचारप्रति जनताको असन्तुष्टि हटाउन एवं विकासको गतिलाई तीव्र बनाउन राष्ट्रवादी शक्ति एक हुनु आवश्यक रहेको धारणा राख्नुभयो ।

सत्ताको फोहरी प्रतिस्पर्धाबाट अलग रही राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापनाको लागि जनआन्दोलन आवश्यक रहेको अध्यक्ष थापाले बताउनुभयो यसका लागि समान विचारधारा भएका राप्रपालाई एकतामा आउन आह्वान पनि उहाँले गर्नुभयो ।

मुलुकमा जातीय, धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्न सम्पूर्ण राजनीतिक दल लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष थापाले सरकारले मुलुकमा धर्म परिवर्तन र गौ हत्या जस्ता कार्य अविलम्व रोक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपालको परराष्ट्र नीति असंलग्न हुनुपर्ने बताउँदै छिमेकी मुलुकसँगको सम्बन्ध बराबर हैसियतका आधारमा हुनु आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.