क्रिकेटखेल

विश्वकप क्रिकेटमा अष्ट्रेलियाको पहिलो जित, श्रीलंका पाँच विकेटले पराजित  

एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले पहिलो जित हासिल गरेको छ । सोमबार भएको खेलमा श्रीलंकालाई पाँच विकेटले पराजित गर्दै अष्ट्रेलियाले प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।

अष्ट्रेलियाको पहिलो जित

भारतको लखनउमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ४३ दशमलव ३ ओभरमा २ सय ९ रनमा समेटिएको थियो । श्रीलंकाका लागि कुशल परेराले ७८ र पथुम निसन्का ६१ रन्को अर्धशतकीय पारी खेलेका थिए । यी दुईले पहिलो विकेटको लागि १ सय २५ रनको शतकीय साझेदारी गरेका थिए ।  त्यस्तै चरिथा असलन्काको २५ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक रन जोड्न सकेनन् ।

अष्ट्रेलियाका  लागि एडम जम्पाले चार विकेट लिए भने मिचेल स्टार्क र प्याट कमिन्सले समान दुई-दुई विकेट लिँदा ग्लेन म्याक्सवेलका भागमा एक विकेट रह्यो । श्रीलंकाले दिएको २ सय १० रनको लक्ष्य अष्ट्रेलियाले ३५ दशमलव दुई ओभरमानै ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाका लागि मिचेल मार्सले ५२ र जोस इंग्लिसले ५८ रन अर्धशतकीय इनिङ खेले भने मार्नस लाबुशेनले ४० रन जोड्दा ग्लेन म्याक्सवेल ३१ र मार्कुस स्टोइनिस २० रनमा अविजित रहे ।

श्रीलंकाका दिलशान मदुशंकाले ३ विकेट लिए भने डुनिथ वेललेजको भागमा एक विकेट रह्यो । अष्ट्रेलियाले तेस्रो खेलमा पहिलो जित दर्ता गर्दै ३ खेलबाट २ अंक जोडेको छ भने जारी विश्वकपमा श्रीलंकाको यो लगातार तेस्रो हार हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.