एन आर एन न्युज

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठलाई समर्थन गर्न कांग्रेस समर्थकको आब्हान

नेपाली कांग्रेस निकट जनसम्पर्क समितिले मंगलबारबाट शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार महेशकुमार श्रेष्ठको टिमलाई सहयोग गर्न आब्हान गरेको छ ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापति पूर्ण तिमिल्सिनाको संयोजकत्वमा मंगलबार विहान काठमाडौंमा भएको भेलाले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्न आब्हान गरेको हो ।

‘एनआरएनएमा नयाँ अनुहारको खोजी भइरहेकाले स्वच्छ छवी भएका इमान्दार र सक्षम उम्मेदवार महेशकुमार श्रेष्ठ नै हुनुहुन्छ भन्ने हाम्रो ठहर हो ।

विश्वभरका छरिएर रहेका लोकतान्त्रिक विचार र आस्था बोकेका डेलिकेट्सहरुको भावना साथै इच्छा संस्थालाई एकताबद्ध गराउन सक्ने समन्वयकारी व्यक्तिको खोजीमा हुनुहुन्छ, त्यसका लागि महेशजी उपयुक्त हुनुहुन्छ,’ तिमिल्सिनाले भने ।

भेलामा करिब दुई सय शुभेच्छुकहरुको सहभागिता थियो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको ११औँ महाधिवेशनका लागि श्रेष्ठसहित चारजनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । काठमाडौंको सोल्टी होटेलमा सुरु महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ ।

दुई दिन तेस्रो विश्व ज्ञान सम्मेलनपछि नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ । महाधिवेशनमा चार हजार २२७ मतदाता छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.