राजनीति

आफ्नै निर्णय उल्टयाउँदै गौशाला धर्मशालामा कुनै काम नगर्न मन्त्री पाण्डेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशाला सम्बन्धमा कुनै काम नगर्न पशुपति क्षेत्र विककास कोषलाई निर्देशन पनि दिनुभएको छ ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनु भएका मन्त्री पाण्डेले उत्पन्न विवाद समाधानका लागि पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गर्नुभएको छ ।

असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन दिनुभएको छ ।

साथै उहाँले यही कात्तिक ४ गते परिषद् बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आह्वान गर्नुभएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।

कोषले आफ्नो पूर्ण स्वामित्वमा रहेको राज्यको सम्पत्ति धर्मशालालाई कुनै व्यक्ति वा व्यापारिक समूहलाई सञ्चालन गर्न नदिने बरु गैरनाफामूलक ढङ्गले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्ने घोषणा गरेपछि विवाद भएको हो ।

यसअघि धर्मशाला सञ्चालन गर्ने आएको मारवाडी सेवा समिति कोषको उक्त निर्णयको विरोधमा उत्रिएको छ ।

गौशाला धर्मशाला कानुनअनुसार नै खाली गरिने

मारवाडी र प्रहरीको घम्साघम्सीबीच गौशाला धर्मशालामा काठमाडौं महानगरको बोर्ड

धर्मशाला संचालनको जिम्मा कामपालाई, सातबुँदे सम्झौता

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.