क्रिकेटखेल

युएईलाई सात विकेटले हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौंमा सुरु भएको त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिज अन्तर्गत् उद्घाटन खेलमा नेपाल विजयी भएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई)लाई सात विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई निर्धारित २० ओभरमाा सात विकेटको क्षतिमा १४० रन बनाएको थियो ।

एकसय ४१ रनको लक्ष्य पछ्याएको नेपालले कप्तान रोहित पौडेलको अद्र्धशतकीय अविजित पारीमा १८.५ ओभरमा विजयी लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि दीपेन्द्रसिं ऐरीले अविजित ३४ रन बनाए भने कुशल भुर्तेल १४, आशिफ सेख २३ तथा कुशल मल्ल ११ रनमा आउट भए ।

युएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिए । उनले ३८ बलमा एक चौका र चार छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका हुन् ।

त्यस्तै अली नासिरले ३२ रन बनाए । उनले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा ३२ रन बनाए । कप्तान मोहम्मद वासिमले १७ रन बनाए भने आसिफ खानले १५ रन जोडे ।

नेपालका लागि करण केसीले तीन विकेट लिए भने गुल्सन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक-एक विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.