अर्थकृषि

आर्थिक मन्दीको प्रत्यक्ष असर खसी-बोका विक्रीमा, सस्तोमा विक्री गर्ने बाध्यता

नेपालीहरुको महान पर्व दशैंका अवसरमा सर्वाधिक विक्री हुने खसी-बोका व्यापारमा यसपटक आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव देखिएको छ । जनताको क्रयशक्ति घटेपछि खसी-बोकाको मूल्य सस्तिएको छ ।

राजधानी काठमाडौं उपत्यकामा खसी-बोका आपूर्ति हुने तराईका विभिन्नन जिल्लाहरुमा अहिले अघिपछिको भन्दा सस्तो मूल्यमा विक्री गर्नुपरेको किसानको दुःखेसो रहेको छ ।

सिराहामा यस्तै अवस्था रहेको छ । लहानको हाटमा यस वर्ष २२ देखि २५ हजार पर्ने खसी १५ देखि १८ हजार रुपियाँमा र १५ हजारदेखि १७ हजार पर्ने बोका यो पटक १० हजारदेखि १२ हजारमै कृषकले बिक्री गरिरहनुपरेको गुनासो गरेका छन् ।

दशैंको बेला लहानको खसीहाटमा सिरहा, सप्तरी तथा उदयपुरसम्मका क्रेता र विक्रेता खसी किनबेच गर्न आउने गरेका छन् ।

‘‘दशैंको बेला राम्रो मूल्य पाउँला र दसैँको खर्च जोहो गर्न सजिलो हुन्छ भनेर खसीबोका पालेका थियौँ । तर सोचे जस्तो भाउ नपाएपछि खसीबोका फेरि घरमै फिर्ता लिएर गए ।’’

लहान–१६ स्थित तरेगना भवरेका कृषक सरस्वती थापा मगरले भन्नुभयो, ‘‘बरु केही दिनपछि व्यापारी घरमै आउँछन्, उनैलाई मिलाएर आफूले पालेको खसीबोका बिक्री गर्छु ।’’

दुर्गा पूजामा बोका बलि दिँदै आएका नरहा–५ का बलदेव यादवले यो वर्ष सोचेकोभन्दा कम मूल्यमा बोका पाएकाले ठुलै आकारको खरिद गरेको बताउनुभयो ।

विगतका वर्षमा १५/१७ हजार पर्ने बोका यो पटक ११ हजारमै खरिद गरेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘सधैँ महँगोमा बोका किन्नुपर्थ्यो तर यो पटक भने सोचेकोभन्दा धेरै कम मूल्यमा बोका पाएँ ।’’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.