अर्थ

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला एक लाख ६४ हजार बढी

नेपालमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ । दशैं सकिएर बजार चलायमान भएसंगै लगातार उकालो लागेको सुनको मूल्य आज शुक्रबार नयाँ उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई हजारले वृद्धि भएर प्रति तोला एक लाख ६४ हजार चार सय निर्धारण भएको छ ।

हिजो बिहीबार भने छापावाला सुनमा प्रतितोला छ सय रुपैयाँ बढेर रु एक लाख ६२ हजार चार सयमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.