जापानबिशेष

नेपाल फेस्टिवलमा प्रतिभा प्रदर्शनको अवसर, नोभेम्बर १५ सम्ममा नाम दर्ता गर्न आव्हान

गैरआवाससीय नेपाली संघ (एनआरएनए)ले जापानको आयोजनामा आउँदो नोभेम्बर ३० र डिसेम्बर १ तारिखमा आयोजना हुने १४ औं नेपाल फेस्टिवलमा नेपाली कला, संस्कृतिका विविध विधामा प्रतिभा प्रदर्शन गरिने भएको छ ।

एनआरएनले एक सूचना जारी गरी सो कुराको जानकारी दिंदै जापानमा रहनुभऋएकाा विभिन्न जातजाति, भाषाभाषीका मौलिक कला, संस्कृति प्रदर्शन गर्न चाहनेले विधासहित नाम दर्ता गर्न आव्हान गरेको छ ।

जापानमा नेपाल र नेपालीलाई परितिच गराउन नियमित रुपमा हुँदै आइरहेको फेस्टिवलले नेपालको पर्यटन प्रवर्धन गर्न सहयोगी हुने तथा नेपाल र नेपालीको बारेमा जानकारी दिएर जापानीका साथै विश्वभरका मानिसलाई एकपटक भए पनि नेपाल जान प्रेरित गर्ने उद्देश्य फस्टिवलको रहेको छ ।

नेपाल फेस्टिवल २०२४ को स्टल बुकिङ खुला, प्रतिस्टल शुल्क ४५ मान येन

सोही फेस्टिवलमा पूर्व मेचीदेखि पश्चिम महाकालीमा रहेका मौलिक नेपाली कला संस्कृति, भेषभूषा, रितिरिवाज, नेपालको प्राकृतिक रुपमा रहेका पर्यटकीय स्थलको प्रचार प्रसारलाई प्रमुख स्थान दिइएको छ ।

१४ औं नेपाल फेस्टिवलमापाली कला, संस्कृतिको संरक्षण गर्दै यसको प्रर्वद्धन गर्न कला, संस्कृतिको प्रदर्शन गरिने हुँदा जापानमा रहनुभएका विभिन्न नेपाली भेषभूषा, मौलिक कला, संस्कृति अन्तर्गत रहेर प्रतिभा देखाउन इच्छुक महानु‌भावहरूले २०२४ नोभेम्बर १५ तारिकसम्ममा आफूले प्रस्तुत गर्ने विधासहित सम्पर्क गगर्न अनुरोध गरिएको छ ।

आफ्नो जाति, भाषा, संस्कृति तथा कला प्रस्तुत गर्न चाहनेहरुले नेपाल फेस्टिवल जापान २०२४ अन्तर्गत सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन उपसमितिका संयोजक सिद्धार्थ श्रेष्ठलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.