बिशेषराजनीति

रविलाई पक्राउ गर्ने तयारी, रास्वपा कार्यालयको गेट बन्द, समर्थकको भीड

‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिं हतकडी'

पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएसंगै सो पार्टीको कार्यालयमा समर्थकको ठूलो भीड लागेको छ ।

समाचार अनुसार काठमाडौं वनस्थलीमा रहेको पार्टी कार्यालय परिसरमा अहिले धेरै संख्यामा प्रहरी परिचालन भएका छन् भने पार्टी मुख्यालयको प्रवेशद्वार पनि बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि सभापति लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको छ । लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ ।

पक्राउ पुर्जी जारी भएपछि सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओली र सरकारको चर्को आलोचना गर्दै टिप्पणी गर्नुभएको छ- “सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी , मेरो हातमा चाहि हतकडी ? भ्रष्टाचारीबाट करोडौंको जग्गा खुल्लमखुल्ला लिने- मैले ठगीको आरोप खेपिदिनुपर्ने ?”

पोखराको सूर्यदर्शन समेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । रवि गोर्खा मिडियाले संचालन गरेको ग्याललेक्सी फो के टेलिभिजनको प्रबन्ध निर्देशक रहेको र सहकारीबाट आएको रकम खर्च गर्न संलग्न भएको भन्दै संसदीय छानबिन समितिले कारबाहीको सिफारिश गरेको थियो ।

संसदीय छानबिन समितिले रवि लामिछानेले कुनै पनि सहकारीबाट आफ्ना नाममा ऋण लिएको तथ्य प्रमाण नभेटिए पनि गोर्खा मिडियामा आएको रकम कार्यालय प्रयोजनका लागि खर्च गर्न चेकमा हस्ताक्षर गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.