जन सरोकार

मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ स्थित पल्पसा प्याराडाईज होटलमा काठमाडौं महानगरपालिका-७ चावाहिल घर भएका ४७ वर्षीय अजय मानन्धर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै बर्दिया, गुलरिया नगरपालिका-१० रत्नापुरबस्ने ७० वर्षीय ढोडे यादव सोही नगरपालिका-१० मैकुघाटस्थित भादा नदीको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै सुनसरी, रामधुनी नगरपालिका-३ स्थित सुनसरी मोरङ सिँचाई आयोजनाको नहरमा बराहक्षेत्र नगरपालिका-७ वाङगे बस्ने ५१ वर्षीय राजेन्द्र भन्ने पदम बहादुर भट्टराई शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यता काठमाडौं महानगरपालिका-९ सिनामंगल भत्केको पुल मुनि रहेको ह्युमपाइपभित्र हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.