कोशीप्रदेश

चाडपर्वले नेपालीलाई एकतामा बाँध्छ : प्रदेश प्रमुख खापुङ

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नेपालीले मनाउने चाड पर्वले सबैलाई एकतामा बाँध्ने गरेको बताउनुभएको छ।

मोरङ व्यापार सङ्घद्वारा बिहीबार मोरङमा बडादसैँ, तिहार,नेपाल संवत् र छठपर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले हिमाल, पहाड र तराईमा बसोवास गर्ने सम्पूर्ण नेपालीबीच सामाजिक सद्भाव कायम गर्न चाडपर्वले महत्त्वपूर्ण योगदान पुर्याएको धारणा राख्नुभयो ।

प्रदेश प्रमुख खापुङले सबै जातजातिले एकअर्काको भाषा, संस्कृतिप्रति सम्मान गर्नुपर्नेमा जोड दिँदै यसबाट मुलुकमा शान्ति, विकास र समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

शुभकामना कार्यक्रममा सङ्घका अध्यक्ष नवीन रिजाल, पूर्वमन्त्री अमनलाल मोदी, प्रदेशसभा सदस्य अमृत अर्याललगायतले ऐतिहासिककालदेखि नेपालीले मनाउने चाडपर्वले एकापसमा सामाजिक सद्भाव कायम राखेको विचार राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.