राजनीति

स्थानीय सरकार संचालन ऐन पूर्णरुपमा कार्यान्वयनमा ल्याउन माग

जिल्ला समन्वय समिति महासंघ गण्डकीले स्थानीय सरकार संचालन ऐनको दफा ९५ तत्काल पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।ए

जिसस कास्कीका अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न चौथो बैठकले सो माग गरेको हो ।

बैठकले स्थानीय सरकार संचालन ऐन दफा ९५ लाई सक्रिय बनाउन नेपाल सरकारले संविधानको धारा २३२ अनुसार जिससलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण गरिदिन जोडदार माग गर्ने निर्णय गरेको हो ।

अध्यक्ष पौडेलका अनुसार गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्ला समन्वय समितिहरूले वार्षिक समिक्षा गोष्ठी,अद्र्धवार्षिक समिक्षा गोष्ठी, जिल्ला सभा र अन्य सबै गतिविधिहरू वार्षिक कार्ययोजना तालिका बनाइ कार्यान्वयन गर्ने निर्णय भएको छ ।

त्यसै गरी बैठकले श्रावण २८ गते बेलुकी आएको भिषण बाढीका कारण क्षति हुन पुगेको मुस्ताङको कागबेनी क्षेत्रको पुनर्निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाउँन र पीडितहरूलाई राहत उपलब्ध गराउन, मुस्ताङ लगायत गण्डकी प्रदेशका जिल्लामा जलवा परिवर्तनका कारण देखिएका असरहरूको न्यूनीकरणका तत्काल कार्यक्रम ल्याउन संघ तथा प्रदेश सरकारलाइ गम्भीर ध्यानाकर्षण गराएको छ ।

बैठकले गण्डकी प्रदेशको समृद्धिसंग जोडिएको कालिगण्डकी कोरिडोर अन्तर्गतको बेनि–जोमसोम–कोरला सडकको निर्माण कार्य तदारुकताका साथ् अगाडि बढाउन संघ, प्रदेश सरकार र निर्माण कम्पनिलाइ आग्रह गर्दै चीन प्रवेशको कोरला नाकालार्इ संचालनमा ल्याउने गृहकार्य तत्काल शुरु गर्न माग गर्ने निर्णय समेत गरेको छ ।

महासंघले दशैँ, तिहार , नेपाल संवत ११४४, इद, ल्होसार, छठको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना ब्यक्त गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.