अर्थ

हरेक दिन सुनको मूल्यमा नयाँ कीर्तिमान, आज तोलाको एकलाख ६५ हजार

नेपालमा सुनको मूल्यले हरेक दिन नयाँ कीर्तिमान बनाउँदै गएको छ । साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला एकलाख ६५ हजार पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ रु एक लाख ६५ हजार कायम भएको छ ।
महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा रु ९५ ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु दुई हजार ७५ निर्धारण भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.