राजनीति
रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो
सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो ।
आइतबार लामिछानेलाई अदालतल पेश गर्ने तयारीकाबीच सडकमा रास्वपा समर्थकको बाक्लो भीड लागेको छ । उनीहरुले सहकारी पीडितलाई न्याय दे, निर्दोष फसाउन पाइँदैन भन्दै नारा लगाइरहेका छन् । सहकारी पीडित र रास्वपा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिँदा तनाव सिर्जना हुनसक्ने भएकाले पोखराको सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश नवराज दाहालको इजलासमा
पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी, प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी
पोखरामा नियन्त्रण गर्न नसकिने भीड, सुरक्षा सम्वेदनशीलतालाई ध्यान दिन प्रजिअको अनुरोध
प्रतिक्रिया राख्नुहोस्