राजनीति

सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पार्टी कार्यकर्तालाई रविको आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पार्टी कार्यकर्तालाई आह्वान गर्नुभएको छ । आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित हुने क्रममा पत्रकारहरुसँगको कुराकानीमा उहाँले यस्तो आह्वान गर्नुभएको हो ।

रवि लामिछाने

‘यो सरकारका विरुद्ध देशैभरिबाट जनता बाहिर आउनुपर्छ । मेरो लागि होइन देशको लागि सबै आउनुपर्छ ’ उहाँले भन्नुभयो । त्यस्तै लामिछानेले आफूलाई अदालतले न्याय दिने जिकिर गर्नुभयो ।

सभापति लामिछानेले आफू न्याय प्रक्रियालाई लाई सघाउन आएको भन्दै यो सरकार रहँदासम्म झुटा मुद्दामा फसाउने काम निरन्तर चलिरहने समेत बताउनुभयो ।

‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उहाँले भन्नुभयो ।

सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय रास्वपाका सभापति लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.