जापान

जापानमा नेपालीको संख्या दुईलाख नाघ्यो, एक वर्षमा ३० हजार बढे

विश्वको तेस्रो ठूलो आर्थिक महाशक्ति जापानमा नेपालीहरुको अध्ययन तथा रोजगारी र व्यवसायको उत्कृष्ट रोजाईको मुलक हो । त्यहाँ नेपालीको संख्या २ लाख नाघेको छ ।

एक वर्षअघिसम्म एकलाख ७६ हजारको हाराहारीमा नेपाली बसोबास गर्ने जापानमा सन् २०२४ मा ३० हजारले बढेर २ लाख ६ हजार पुगेको जापानको न्याय मन्त्रालयले जनाएको छ ।

पछिल्लो चार वर्षमा जापानमा नेपालीको संख्या चार दोब्बर बढेको छ । सन् २०२१ मा ९७ हजार १०९ जना नेपाली रहेकामा सन् २०२२ मा १ लाख ३९ हजार ३९३ जना पुगेका थिए भने सन् २०२३ मा १ लाख ७६ हजार ३३६ रहेको नेपालीको जनसंख्या २०२४ मा २ लाख ६ हजार ८९८ पुगेको हो ।

दुई लाख नेपालीमध्ये जापानको राजधानी टोकियोमा मात्रै ४० प्रतिशतको बसोबास रहेको छ । पछिल्लो तथ्याङ्कअनुसार टोकियोमा ४३ हजार नेपालीहरू टोक्योमा बस्ने गर्छन । त्यसपछि ओसाका र चिवामा धेरै नेपालीहरु बसोबास गर्छन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.