छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
प्युठान र सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्युठान, ऐरावती गाउँपालिका-२ टिकुरीस्थित सडकमा लु.२७ प ९१३४ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-६ अर्लाबाङ बस्ने २७ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल विजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सप्तरी, कन्चनरूप नगरपालिका-३ बरमझियास्थित सडकमा प्र.१-०१-००१ ख ४१२६ नम्बरको बसले स.५ प १५९३ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिई बस अनियन्त्रित भई पल्टिदाँ बसमा सवार धनकुटा साँगुरीगढी गाउँपालिका-४ बस्ने ५४ वर्षीया मैया राईको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका बसमा सवार २२ जना मध्ये १७ जनाको धर्मेश्वर अस्पताल ठेलिया सप्तरी, दुई जनाको कञ्चनपुर अस्पताल सप्तरी, दुई जनाको न्यूरो अस्पताल विराटनगर मोरङ र एक जनाको नोबेल अस्पताल विराटनगर मोरङमा उपचार भइरहेको छ ।
हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्