क्रिकेटखेल

त्रिकोणात्मक टि–२० : हङकङविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

नेपालको सिनियर राष्ट्रिय टोलीले त्रिकोणात्मक टि–२०आई सिरिजअन्तर्गत हङकङविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

आजको खेल मुलपानी क्रिकेट मैदान हुन लागेको हो । नेपालले यसअघि खेलको दुई खेलमा जित दर्ता गराएको छ । नेपालले पहिलो खेलमा यूएईलाई सात विकेटले र दोस्रो खेलमा हङकङलाई छ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपाल विजयी भए एक खेल अगावै फाइनलमा पुग्नेछ ।

आजको खेलमा कप्तान पौडेलसहित आसिफ शेख, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा र गुलशन झा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.