राजनीति

पर्यटन व्यवसायी मिश्रको निधनबाट मुलुकले सफल पर्यटन व्यवसायी गुमाएको छ : पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनबाट मुलुकले एक सफल पर्यटन व्यवसायी गुमाएको बताउनुभएको छ ।

पर्यटनमन्त्री पाण्डे

मिश्रप्रति अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाट पुग्नुभएका मन्त्री पाण्डेले व्यवसायी मिश्रले पर्यटन क्षेत्रमा पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहिरहने बताउनुभयो ।

“करिब पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न नेपालका वरिष्ठ पर्यटन व्यवसायी मिश्रको निधन भएको खबरले म मर्माहत भएको छु”, मन्त्री पाण्डेले भन्नुभयो, “उहाँले नेपाल पर्यटन बोर्ड स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । साथै नेपालको पर्यटकीयस्थलहरुलाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन उहाँको महत्वपूर्ण योगदान रहेको छ ।”

मन्त्री पाण्डेले मिश्रको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । पर्यटन व्यवसायी मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको थियो । मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना हुनुभएको थियो ।

मिश्रलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, विभिन्न राजनीतिक दलका नेता, पर्यटन व्यवसायीलगायत आर्यघाट पुग्नुभएको थियो ।

मुलुकको पर्यटन विकासको क्षेत्रमा ‘टेम्पल टाइगर ग्रुप’का अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान दिनुभएको थियो । स्व मिश्रका श्रीमती र एक छोरा हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.