क्रिकेटखेल

अमेरिकाद्वारा नेपाल सामू जितको लागि १५७ रनको लक्ष्य

नेपाल र अमेरिकाबीचको तेस्रो तथा अन्तिम टी-२० आई खेलमा अमेरिकाले नेपाल सामू जितको लागि १५७ रनको लक्ष्य दिएको छ ।

टी-२० आई खेल

डालासमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन बनाएको हो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८ रनको अर्धशतकीय पारी खेले भने मिलिन्ड कुमारले ४३ रन जोड्दा आरोन जोन्सले १३ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने, रिजन ढकाल र ललित राजवंशीको भागमा समान १-१ विकेट रह्यो । तीन खेलको सिरिजमा नेपाल यसअघि नै २-० ले सिरिज जितिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.