विश्व समाचार

टर्कीएका मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको अमेरिकामा मृत्यु

टर्कीएको सरकारी टेलिभिजनले अमेरिकास्थित मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु भएको जनाएको छ । अङ्काराले गुलेनलाई सन् २०१६ को असफल ’कू’का मुख्य योजनाकार भएको आरोप लगाउँदै आएको छ ।

गुलेननिकट समूहले एक्स र सामाजिक सञ्जालमा पोस्ट गरेको पोस्टलाई उद्धृत गर्दै उनीहरूले ८३ वर्षीय गुलेनको अस्पतालमा आइतबार मृत्यु भएको बताएका छन् ।

हिज्मेट नामक आन्दोलनको नेतृत्व गरेका गुलेनलाई टर्कीएले ‘आतङ्कवादी’ समूहको नेतृत्व गरेको र सन् २०१६ मा शक्तिशाली नेता रेसेप तैयप एर्दोगानको सरकार ढाल्न गरिएको असफल ‘कू’को नेतृत्व गरेको आरोप लगाएको थियो ।

गुलेन सन् १९९९ देखि पेन्सिलभेनियामा बस्दै आउनुभएको थियो । प्रशासनले उहाँको टर्कीएको नागरिकता सन् २०१७ मा खोसेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.