जन सरोकार

इजरायल युद्धमा मारिएका तीन विद्यार्थीको शव आइपुग्यो

गत असोज २० गते इजरायल युद्धमा मारिएका १० नेपाली विद्यार्थीमध्ये तीन जनाको शव आज काठमाडौँ आइपुगेको छ । इजरायल सरकारले पहिचान भएका चार शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई बुझाएमध्ये तीन शवहरु नेपाल ल्याइएको हो ।

आज बिहान दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्टको शव नेपाल ल्याइएको हो । यसअघि गए राति कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको थियो ।

कैलालीका आशीष चौधरीको शव भने आज दिउँसो १ बजेतिर नेपाल आइपुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक केवश साउदले जानकारी दिनुभयो । उहाँका अनुसार आज आइपुगेका तीन वटै शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको छ ।

गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.