जन सरोकार

इजरायमा मारिएका विद्यार्थीप्रति मन्त्री साउद र राजदूत गोदरद्वारा श्रद्धाञ्जली अर्पण

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र नेपालका लागि इजरायली राजदूत हानान गोदरले इजरायल युद्धमा मारिएका विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

मन्त्री साउद तथा राजदूत गोदर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भइ इजरायलबाट आज ल्याइएका विद्यार्थी शवप्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।

गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल आइपुगेको छ ।

एक जनाको शव आज दिउँसो १ बजेतिर नेपाल आइपुग्ने जनाइएको छ । बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ ।

हालसम्म दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्ट र कैलालीका नारायणप्रसाद न्यौपानेको शव नेपाल ल्याइएको छ ।

उनीहरुको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत कैलालीको धनगढी लैजाने तयारी भइरहेको रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । धनगढीबाट पीडितको घरसम्म शव पुर्‍याइनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.