कर्पोरेट/पर्यटन

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग–तातोपानी कुण्ड (भिडियो)

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने र अन्नपूर्ण चक्रीय पदमार्ग घुम्ने पर्यटकहरुका लागि ‘रिफ्रेस सेन्टर’को रुपमा विकास भएको छ ।

भुरुङ्ग–तातोपानी

तातोपानीमा शरिर डुबाएर स्नान गर्दा शारिरिक स्फर्ति बढ्ने, थकान मेटिने, चोट पटक लागेको, सुन्निएको, बज्रिएको समस्या निको हुने जनविश्वास छ । मुस्ताङको चिसो हावापानीबाट आएकाहरु तातोपानीमा स्नान गरेर न्यानो महशुस गर्छन् ।

पर्यटकीय यामको शुरुवातसँगै कालीगण्डकी नदीको किनारमा प्राकृतिक रुपमा निस्कने ५५ डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ ।

बेनी–जोमसोम सडकको छेउमा तातोपानी संकलन गरिएको दुई वटा पोखरी र धाराहरु बनाइएको छ । धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ । बिहान छ देखि साँझ आठ बजेसम्म स्नान गर्न सकिन्छ ।

कुण्डमा स्नानका लागि स्वदेशीलाई रु. ५० र बिदेशीलाई रु. एक सय ५० प्रवेशशूल्क तोकिएको छ । कुण्डमा प्रवेश शूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ रु. ६४ लाखमा मा होटल हटस्पिरिङसँग ठेक्का सम्झौता गरेको छ ।

भिडियो –

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.