बिशेषसंस्कृति

किन मनाइन्छ कहीं नहुने जात्रा हाँडीगाउँमा (भिडियोसहित)

नेपालीमा एउटा प्रचलित कथन छ ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ ! हाँडीगाउँको जात्रा कहीं नभएको जस्तो किन हुन्छ ? यसको आफ्नै ऐतिहासिक मान्यता र विश्वास रहेको छ ।

हरेक वर्ष कोजाग्रत पूर्णिमापछि काठमाडौँको हाँडीगाउँ क्षेत्रमा तीननारायण अर्थात् चोक्काथुनारायणको जात्रा मनाइन्छ । यो जात्रा देशका अन्य स्थानमा हुने जात्राको ठीक विपरित हुन्छ ।

देशका विभिन्न स्थानमा मनाइने जात्रा खटको गजुर ठाडो पारेर गरिन्छ भने हाँडीगाउँको जात्रामा भने गजुर नै उल्टो पारेर गरिने भएकाले ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने गरिएको हो ।

चोकेटनारायणसमेत भनिने चोक्काथुनारायणको जात्राको सुरुवात राजा नरेन्द्र मल्लको पालादेखि भएको सो मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखमा उल्लेख छ ।

कहीँ नभएको जात्रा हाँडीगाउँमा किन मनाइन्छ ? विस्तृत जानकारीका लागि यो भिडियो हेर्नुहोस्-

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.