जन सरोकार

सङ्कटापन्न अवस्थामा रहेका कृष्णसारको सङ्ख्यामा वृद्धि (भिडियो)

सङ्कटापन्न अवस्थामा रहेका कृष्णसारको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । नेपालबाट लोप हुने अवस्थामा पुगेका कृष्णसार बर्दियाको गुलरिया नगरपालिका–२ खैरापुरमा प्राकृतिक वासस्थानमा संरक्षण गरेर राखेसँगै वृद्धि भएको हो ।

कृष्णसार

कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुरका सूचना अधिकारी रेन्जर चौधरीले पछिल्ला वर्षहरुमा गरिएको संरक्षण प्रयासले कृष्णसारको सङ्ख्या वृद्धि हुँदै गएको बताउनुभयो । चौधरीका अनुसार विसं २०७० मा यस क्षेत्रमा तीन सयको सङ्ख्यामा रहेको कृष्णसार विसं २०७७ सम्म निरन्तर घट्दै एक सय ७७ मा सीमित रहेको थियो ।

त्यसपछिको वर्षहरुमा कृष्णसारको सङ्ख्यामा वृद्धि भएर हाल दुई सय २४ वटा कृष्णसार पुगेको चौधरीले बताउनुभयो । यहाँ रहेका कृष्णसार हेर्नका लागि आन्तरिक पर्यटकहरु आउने गरेको भए पनि यस क्षेत्रमा व्यवस्थित होटलहरु नहुँदा उल्लेख्यरुपमा पर्यटकहरु आउन नसकेका चौधरीको भनाइ छ ।

भिडियो –

 

 

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.