जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

उदयपुर, मोरङ, कास्की र कपिलवस्तुमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । उदयपुर, त्रियुगा नगरपालिका-७ चुहाडेस्थित सडकमा बाग्मती प्रदेश ०१-००६ ख ५३५२ नम्बरको बसले प्रदेश नम्बर ३-०२-००६ प ७०८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका-५ पुर्वी श्रीपुर बस्ने १८ वर्षीय अंशु राईको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका उनको आर्या न्युरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । त्यस्तै मोरङ, सुन्दरहरैंचा नगरपालिका-६ दुलारीस्थित सडकमा को.१ ह ७६५८ नम्बरको सिटी सफारीबाट लडेर चालक सोही नगरपालिका-५ बस्ने ४५ वर्षीय खैरा चौधरीको मृत्यु भएको छ ।

सिटी सफारीबाट सोमबार दिउँसो लडेर बेहोस भएका उनको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । यस्तै कास्की, पोखरा महानगरपालिका-७ सहिदचोकस्थित सडकमा ग.११ प ६७२५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१३ सितलटोल बस्ने ४९ वर्षीय छल बहादुर गुरूङको मृत्यु भएको छ ।

सोमबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा गए राति मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता कपिलवस्तु, शिवराज नगरपालिका-५ बालापुर मोड नजिकै अनटेष्ट लेखिएको ई- रिक्साबाट लडेर सोही ठाउँ बस्ने ७२ वर्षीया सुन्तली बिकको सोमबार राति मृत्यु भएको छ ।

ई-रिक्साबाट ओर्लिने क्रममा लडेर गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.