जन सरोकार

विकासको गति- एकवर्षमा १८ किलोमिटर सडक कालोपत्र

नेपालमा भौतिक पूर्वाधार क्षेत्रमा विकास गति कस्तो छ भन्यो भने अति सुस्त छ भन्ने उत्तर आउने मात्र होइन, प्रमाण नै यस्तै छ । पछिल्लो उदाहरण एक वर्षमा १८ किलोमिटर सडक कालोपत्रे गरेको उपलब्धिलाई लिन सकिन्छ ।

सडक स्तरोन्नति

समाचार हो, सडक डिभिजन कार्यालय हेटौँडाको । सो कार्यालयले गत आर्थिक वर्षमा मकवानपुर, बारा र पर्सामा १८ किलोमिटर सडक कालोपत्र गरेको छ । सो अवधिमा छ वटा पुल निर्माण भएका छन् ।

मकवानपुर, बारा र पर्सामा रणनीतिक सडकमध्ये १६ किलोमिटर सडक कालोपत्र गरिएको कार्यालयका सूचना अधिकारी इन्जिनियर रमेश पाण्डेले जानकारी दिनुभयो । उहाँकाअनुसार सो आवमा बारामा ११, पर्सामा छ र मकवानपुरमा एक किमि सडक कालोपत्र भएका छन् ।

निर्माणाधीन १२ वटा पुलमध्ये छ वटा निर्माण सम्पन्न भएका छन् । बाँकी छ वटा पुल चालु आवमा सम्पन्न हुने गरी निर्माण भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

डिभिजन कार्यालयका सूचना अधिकारी पाण्डेका अनुसार निर्माणाधीन पुलमध्ये पर्सामा तीन, बारामा दुई र मकवानपुरमा एक छन् ।

चालु आवमा सञ्चालित ४८ सडक पूर्वाधारका योजनामध्ये तीन महिनामा २४ वटाको योजना सम्झौता भइसकेको र १६ वटा सम्झौता प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो ।

सडक पूर्वाधारका योजना सञ्चालन गरिए पनि बजेट अभावका कारण समस्या भइरहेको कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताउनुभयो । ‘‘योजना आइसकेको छ, तर बजेट आइपुगेको छैन्”, प्रमुख अधिकारीले भन्नुभयो, ‘‘जसका कारण अधिकांश योजना रोकिएका छन् ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.