क्रिकेटखेल

त्रिकोणात्मक टि-२० सिरिजमा नेपालको लगातार चौथो जित, युएई पाँच विकेटले पराजित 

काठमाडौँमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित हासिल गरेको छ । सोमबार भएको जारी सिरिजको दोस्रो भेटमा समेत नेपालले यूएईलाई पाँच विकेटले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनायो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५-४५ रनको योगदान दिए । त्यस्तै आसिफ खानले १८ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी र अभिनास बोहोराले समान दुई/दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए ।

युएईले प्रस्तुत गरेको १ सय ६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि ओपनर आफि शेखले ५० बलमा ६ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए ।

प्रतियोगिताको प्लेयर अफ दि म्याच घोषित दीपेन्द्रसिं ऐरीले १५ बलमा ६ चौका र १ छक्काको मद्दतमा ४० रनमा अविजित रहे । युएईका लागि मोहम्मद जवादुल्लाहले दुई तथा अकिफ राजा र जाहुर खानले समान एक विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.