विश्व समाचारस्वास्थ्य

म्याकडोनाल्डको बर्गरमा हैजाका जीवाणु, एकको मृत्यु, कैयौं अस्पताल भर्ना

अमेरिकाको म्याकडोनाल्ड बर्गरबाट मानिसको दिसामा हुने जीवाणु (इ. कोली) भेटिएको छ । यो जीवाणुले मानिसमा हैजा संक्रमण गराउँछ ।

म्याकडोनाल्डको बर्गर

म्याकडोनाल्डको क्वार्टर पाउन्डर ह्याम्बर्गर खाँदा एक व्यक्तिको मृत्यु भएको छ भने ४९ जना बिरामी छन्, जसमध्ये १० जना अस्पतालमा भर्ना छन् ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार सेप्टेम्बरको अन्त्यमा सुरु भएको यो ‘इ.कोली’ जीवणु हालसम्म १० पश्चिमी राज्यहरूमा फैलिएको छ, जसमध्ये सबैभन्दा धेरै कोलोराडो र नेब्रास्कामा रहेको छ ।

जब एक व्यक्ति बर्गर खाएपछि बिरामी परेका थिए त्यसपछि म्याकडोनाल्ड्सले क्वार्टर पाउन्डर ह्याम्बर्गरबाट काटेको प्याज र बीफ प्याटीहरू हटाएको छ । यस विषयमा अहिले छानबिन चलिरहेको छ ।

म्याकडोनाल्ड्स (अमेरिका)का अध्यक्ष जो एर्लिङ्गरले एक भिडियो सन्देशमा दिंदै भन्नुभएको छ, “खाद्य सुरक्षा हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण छ। बर्गरको गुनासो आएका क्षेत्रका रेष्टुरेन्टहरूबाट क्वार्टर पाउन्डर ह्याम्बर्गर अस्थायी रूपमा हटाउने निर्णय गरिएको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.