जापान

वलिहाङ तङ्नाम- ५०८२ तथा शुभ दिपावली शुभकामना कार्यक्रम सम्पन्न (फोटो)

वलिहाङ तङ्नाम- ५०८२ तथा शुभ दिपावली २०७९ को उपलक्ष्यमा किरात याक्थुङ चुम्लुङ, जापानद्वारा आयोजित ‘लारिङ्गे़क् नाम्लिङ्गे़क, बालगीत विमोचन तथा स्रष्टा सम्मान’ कार्यक्रम सम्पन्न भएको छ।

जापानका लागि नेपाली राजदूत डा= दुर्गाबहादुर सुवेदीले याक्थुङहरूको मौलिक सांस्कृतिक राष्ट्रिय बाजा च्याब्रुङ बजाएर कार्यक्रमको समुदघाटन गर्नु भएको थियो ।

कार्यक्रममा संस्थालाई दुई थान च्याब्ब्रुङ हस्तान्तरण भएको थियो । किरात याक्थुङ चुम्लुङ, जापानका संस्थापक अध्यक्ष तथा सल्लाहकार रिद्धिबहादुर तुम्बाहाङ्फे र किरात याक्थुङ चुम्लुङ, जापानका सदस्य लोकेन्द्रकुमार नेयोङबाट सौजन्यस्वरूप प्रति च्याब्ब्रुङ पैतिस हजार रूपैयाँ मूल्यका एक/एक थान च्याब्रुङ अध्यक्ष सुदीप पालुङ्वालाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा किरात याक्थुङ चुम्लुङ, जापानको उत्पादन, स्रष्टा कृष्ण थाम्देनको सिर्जना, कञ्चन थलङको सङ्गीत, टेकेन्द्र यक्सोको एरेन्जमा निर्मित एवम् बाल गायिकाहरू माङ्गेन्ना लिम्बू र रूक्सना लिम्बूको स्वरबद्ध याक्थुङ बालगीत विमोचन गरिएको थियो ।

साथै, कर्मभूमि जापानमा रहेर साहित्य तथा गीत सङ्गीत क्षेत्रमा कलम चलाउने क्रियाशिल पाँच जना स्रष्टाहरूलाई ‘किरात याक्थुङ चुम्लुङ, जापान स्रष्टा सम्मान- २०२२’बाट सम्मान गरिएको छ । सम्मानित हुनुहुने स्रष्टाहरूमा कथाकार, गीतकार चैनबहादुर आङ्बो ‘कुङ्बा कान्छा’, गीतकार सुवर्ण चेञ्जी माबो, गीतकार प्रदीप माबो, गीतकार कृष्ण थाम्देन, गीतकार सरिता लिङ्देनलाई प्रमुख अतिथिले सम्मान पत्र वितरण गर्नुभएको थियो ।

त्यसैगरी, मुक्कुम्लुङ केला:ङ निङ्वा?सो निर्माणका लागि आर्थिक सहयोग दाताहरूलाई ताम्र पत्र र कदर पत्रद्वारा सम्मान गरिएको थियो । यसैगरी च्याब्रुङ सौजन्यकर्ता किरात याक्थुङ चुम्लुङ, जापानका संस्थापक अध्यक्ष तथा सल्लाहकार रिद्धिबहादुर तुम्बाहाङ्फे र किरात याक्थुङ चुम्लुङ, जापानका सदस्य लोकेन्द्रकुमार नेयोङलाई कदर पत्रद्वारा सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि डा. दुर्गाबहादुर सुवेदी, नेपाल आदिवासी जनजाति महासंघ, जापानका अध्यक्ष सञ्जीव चाम्लिङ राई, गैरआवासीय नेपाली संघ, जापानका कार्यबाहक अध्यक्ष नवीन निउरे, गैरआवासीय नेपाली संघ, जापानका संरक्षक अनिता गुरूङ, नेपाल मगर संघ, जापानका अध्यक्ष ओम काउछा मगर, शेर्पा संघ, जापानका अध्यक्ष सोनाम शेर्पा, तमु धीं जापानका उपाध्यक्ष सोममाया गुरूङ, नेपाल पत्रकार महासंघ, जापानका कोषाध्यक्ष तथा नेपाल जापान डटकमका सम्पादक आनन्द कोइराला, फोनिज, जापानका अध्यक्ष एवम् फोनिज न्युज डटकमका सम्पादक फुर्वा शेर्पा, किरात याक्थुङ चुम्लुङ, जापानका पूर्व अध्यक्ष एवम् सल्लाहकार टेकबहादुर लेछर्बोबाट शुभकामना मन्तव्य व्यक्त भएको थियो ।

च्याब्रुङ सौजन्यकर्ताहरूका तर्फबाट किरात याक्थुङ चुम्लुङ, जापानका संस्थापक अध्यक्ष तथा सल्लाहकार रिद्धिबहादुर तुम्बाहाङ्फे र ‘किरात याक्थुङ चुम्लुङ, जापान स्रष्टा सम्मान- २०२२’बाट सम्मानित हुनुहुने स्रष्टाहरूका तर्फबाट गीतकार सरिता लिङ्देनले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ गायक अटल तुम्बापो, एजिन राई, प्रेम चेम्जोङ र विष्णु आङ्देम्बेले साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । कलाकार अपेक्षा येङ्देनबाट आकर्षक नृत्य प्रस्तुत भएको थियो ।

कलाकारहरू लाखध्वज मादेम्बा, इन्द्रदीप आङ्देम्बे, प्रफुल्ल तुम्बाहाङ्फे, विष्णु आङ्देम्बे, दुर्गा नेम्बाङ, मनकुमार तुम्सा, कृष्ण थाम्देन, अपेक्षा येङ्देन, रेखा तुम्बाहाङ्फे, दिपा लिम्बू, बन्दना चेम्जोङ, तारा इजम, सरिता लिङ्देनबाट केला:ङ, या?ला:ङ तथा लारिङ्गे़क नाम्लिङ्गे़क प्रस्तुत भएको थियो ।

लारिङ्गे़क नाम्लिङ्गे़क मुन्धुमको गायन देवेन्द्र लाओतीले गर्नुभएको थियो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, जापानका उपाध्यक्ष देवेन्द्र लाओतीले हारमोनियम बजाएर स्वागत गीत स्वदेशगान गाउनु भएको थियो ।

उपाध्यक्ष मनकुमार तुम्साबाट स्वागत मन्तव्य व्यक्त भएको थियो । महासचिव मुक्साम लाओतीबाट सञ्चालित कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङ, जापानका अध्यक्ष सुदीप पालुङवाले गर्नु भएको थियो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.